राजनीति

अर्जुनधारामा युवा संघको वृक्षारोपण अभियान

By admin

July 20, 2024

शनिश्चरे । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीले शनिबार वृक्षारोपण अभियान कार्यक्रम सुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार एक युवा पाँच बिरुवा भन्ने नारासहित अर्जुनधारा १ बाट वृक्षारोपण सुरु गरेको हो ।

 

अर्जुनधारा १ स्थित सहिद टेकमान स्मृति रंगशाला परिसरमा संघका झापा इन्चार्ज राज लिम्बूको प्रमुख आतिथ्यमा करिब एक महिने वृक्षारोपण अभियान सुरु गरिएको हो ।

 

जलवायु परिवर्तनका असरहरुलाई न्यूनिकरण गर्ने उद्देश्यले आयोजित अभियानमा अमला, खयर, मसलालगायतको बिरुवा रोपिएको आयोजक कमिटीका अध्यक्ष धीरज मोक्तानले जानकारी दिए ।

 

आगामी भदौ १ गतेसम्म नगरपालिकाभित्रका ११ वटै वडाका विभिन्न स्थानमा सञ्चालन हुने अभियान अन्र्तगत पाँच हजारभन्दा बढी बिरुवा रोपिने आयोजकको लक्ष्य रहेको कमिटीका उपाध्यक्ष सुशिल भूजेलले जानकारी दिए ।

 

कार्यक्रममा नेकपा एमाले पार्टी झापाकी सदस्य तुलसा पोखरेल, संघ झापाका सचिवलाय सदस्य मेरुन योङहाङ, नगर सभा सदस्य मदन लिमेल मगर, केशव अधिकारी, वडाका निवर्तमान वडाध्यक्ष गजाधर खतिवडा, जनप्रतिनिधिहरू, संघका पूर्व केन्द्रीय सदस्य कर्म गोम्देनलगायतले बिरुवा रोपेका थिए ।

 

कार्यक्रममा नेकपा एमाले नगर कमिटी अर्जुनधाराका सचिव श्रीप्रसाद नेपाल, अखिल नेपाल महिला संघ अर्जुनधाराकी अध्यक्ष चन्द्रकला राई, युवा नेता तारा खतिवडालगायतले आफ्नो धारणा राखेका थिए । कमिटीका उपाध्यक्ष भूजेलले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उपसचिव युकेश फूँयेलले गरेका थिए ।