समाज

बेलबारीमा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु

By admin

July 21, 2024

झापा । मोरङको बेलबारीमा सर्पले डसेर एक १० वर्षीया बालिकाको मृत्यु भएको छ । उनलाई आफ्नै घरको कोठाभित्र सर्पले डसेकाे बताइएकाे छ ।

 

आज दिउँसो १ः१० बजे बेलबारी नगरपालिका ४ स्थित लिम्बू चोक बस्ने सन्तोष कार्कीकी १० वर्षीया छोरी भूमिकालाई आफ्नै घरको कोठाभित्र कपडा पट्याउने क्रममा अचानक गोमन सर्पले डसेको थियो ।

 

गम्भीर घाइते भई उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।