समाज

अर्जुनधाराका अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ

By admin

July 22, 2024

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।

 

असार ४ गते अर्जुनधारा ४ भाङवारीमा पार्किङ गरी राखेको मे. ७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दनुवारको घरबाट उक्त नम्बरको मोटरसाइकल फेला पारेको हो ।

 

चोरीको मोटरसाइकलसहित हिजो पक्राउ परेका दनुवारको बारेमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको डीएसपी प्रकाश विष्टले बताए ।