समाज

अर्जुनधारा १ मा एक युवा मृत फेला

By admin

July 24, 2024

शनिश्चरे । झापाको अर्जुनधारामा एक जना युवा मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा १ स्थित धान खेतबारीमा अन्दाजी ३५ वर्षीय युवा मृत अवस्थामा फेला परेका हुन् ।

 

स्थानीय नयन अधिकारीको धानबारीमा घोप्टो परेको अवस्थामा शव फेला परेको स्थानीयले जनाएका छन् । घटनास्थलमा शनिश्चरे प्रहरी चौकीकाे टोली खटिएको छ । हालसम्म पहिचान खुल्न नसकेको जनाइएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।