समाज

अर्जुनधारामा फेला परेको शवको पहिचान खुल्यो

By admin

July 24, 2024

शनिश्चरे । झापाको अर्जुनधारामा मृत अवस्थामा फेला परेका युवाको पहिचान खुलेको छ ।

 

अर्जुनधारा वडा नम्बर १ स्थित धान खेतबारीमा आज बिहान फेला परेको इलाम माइ नगरपालिका ३ का टिका लावतीको रहेको प्रहरीले जनाएको छ ।

 

स्थानीय नयन अधिकारीको धानबारीमा घोप्टो परेको अवस्थामा अन्दाजी ४५ वर्षीय लावतीको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

 

मृतक लावती एक हप्ताअघि स्थानीय दिदी शुभद्रा लिम्बूको घरमा आएको बताइएको छ । घटनास्थलमा शनिश्चरे प्रहरी चौकीको टोली खटिएको छ । आवश्यक प्रकृया पूरा गरी पोस्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।