समाज

कमलका मौसम र सर्मिला ब्राउन सुगरसहित पक्राउ

By admin

July 24, 2024

झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित कमल गाउँपालिका १ का दुई जनालाई प्रहरीले मंगलबार साँझ झापा गाउँपालिकाबाट पक्राउ गरेको छ ।

 

साँझ ७ः३० बजे झापा गाउँपालिका ४ स्थित हुलाकी सडकखण्डमा प्रहरी टोलीले चर्तागाछीबाट सुरुङगातर्फ आउँदै गरेको प्र. १-०१-०१५ प ७८०८ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा ब्राउनसुगर फेला परेको थियो ।

 

स्कुटीमा सवार कमल गाउँपालिका १ बस्ने २९ वर्षीय मौसम लिम्बू र पछाडि सवार ३६ वर्षीया सर्मिला राईलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनीहरुमाथि शंका लागेर चेकजाँच गर्दा प्रहरीले प्लाष्टिकसहित ८ ग्राम १० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।