अर्थ बजार

चार सय केजी सुपारी नियन्त्रणमा

By admin

July 26, 2024

झापा । भन्सार छलेर अवैधरुपमा नेपालबाट भारततर्फ लाँदै गरेको ४ सय केजी सुपारी प्रहरीले बरामद गरेको छ । यसैगरी, भारतबाट नेपाल ल्याउँदै गरेकाे विभिन्न खाद्यान्न सामग्री पनि प्रहरीले बरामद गरेकाे छ ।

 

गएराति ९ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ मा नेपालबाट भारततर्फ लाँदै गरेको अन्दाजी २ लाख ८० हजार रुपैयाँ बराबरको सुपारी नियन्त्रणमा लिएको हो ।

 

त्यस्तै, राति ९ः३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ भन्सार गेटमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ४० हजार मूल्यबराबरको चिनी, चकलेट, बिस्कुटलगायतका किराना सामान बरामद गरेको छ ।

 

सुपारी र किराना सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।