समाज

झापामा डेंगु संक्रमितको संख्या ९५ पुग्यो

By admin

August 02, 2024

बिर्तामोड । झापामा यसवर्ष ९५ जनामा डेंगु संक्रमण देखिएको छ । वैशाखदेखि हिजो साउन १७ गतेसम्म डेंगु संक्रमितको संख्या त्यति रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

 

वैशाखमा १८, जेठमा २१, असारमा ४५ र साउनको १७ गतेसम्म ११ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालयका फोकल पर्सन युवनाथ बरालले जानकारी दिए । उनले एक हजार २०५ जनालाई परीक्षण गर्दा ९५ जनालाई डेंगु पुष्टि भएको बताए ।

 

देशभर डेंगुको संक्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी)का अनुसार काठमाडौं र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ ।