समाज

इटहरी चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

By admin

August 02, 2024

सुनसरी । इटहरीको मुख्य चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । यहाँको मुख्य चोकस्थित ट्राफिक लाइट रहेको दक्षिण मोडमा शुक्रबार दिउँसो ट्रकले ठक्कर दिँदा एक पुरुष साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा भोजपुर षडानन्द नगरपालिका १४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिएका छन् । साइकलयात्री श्रेष्ठलाई प्रदेश १-०२००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 

पूर्वबाट जाँदै गरेका साइकलयात्रीलाई सोही दिशाबाट गइरहेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । प्रहरीले सीसीटीभी फुटेज मगाएर घटनाको वास्तविकता पत्ता लगाउन सुरु गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।