समाज

ब्राउन सुगरसहित भद्रपुरका दुई व्यक्ति पक्राउ

By admin

August 06, 2024

झापा । भारतबाट लागूऔषध भित्र्याउने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ९ घोडामाराका युवा छन् ।

 

हिजो दिउँसो ४ः४५ बजे भद्रपुर ९ स्थित निन्दा खोलाको पुलमा प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भद्रपुर ९ घोडामारा बस्ने ४६ वर्षीय अरेन्जय राजवंशी र सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण राईलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

 

शंका लागेर रोकी चेकजाँच गर्दा अरेन्जय राजवंशीको साथबाट प्लाष्टिकसहित ५ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।