खेलकुद

महिला भलिबलः नेपाल फेरि उपविजेतामै सीमित, भारत बन्यो च्याम्पियन

By admin

August 07, 2024

काठमाडौं। काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनल खेलमा भारत फेरि च्याम्पियन बनेको छ । उसले ३-२ को कठिन सेटमा जित निकाल्दै च्याम्पियन बनेको हो ।

 

घरेलु टोली नेपालले भारतविरुद्ध पहिलो सेटमा आफ्नो पक्षमा पारेको थियो। भारतविरुद्ध नेपालले २५-२३ अंकको सेट जित्यो भने दोस्रो १४-२५ अंकमा गुमायो ।

 

तेस्रो सेट फेरि नेपालले संघर्षपूर्ण अंकमा जित दर्ता गर्यो । जसमा नेपालले २५-२२ मा भारतविरुद्ध तेस्रो सेट जितेको थियो । चौथो सेट सोचेजस्तो भएन । क्ही कमजोरीका कारण लगत्तै च्याम्पियन बन्ने अवसर गुमायो । जसमा २१-२५ अंकबाट नेपालले महत्वपूर्ण सेट गुमायो ।

 

पाँचौ तथा अन्तिम सेटमा भारत हावी भयो । पाँचौ सेट १५-५ अंकको रह्यो । नेपाल भारतविरुद्ध जित दर्ता गर्दै इतिहास रच्न चाहन्थ्यो । लिग चरणमा भारतलाई पराजित गरेर पहिलोपल्ट ऐतिहासिक जित निकाले पनि भारतविरुद्ध च्याम्पियन बन्न भने सकेन ।