समाज

मेचीनगरमा सर्पले डस्दा १८ वर्षीय युवकको मृत्यु

By admin

August 08, 2024

झापा । झापाको मेचीनगरमा विषालु सर्पले डस्दा एक युवकको मृत्यु भएको छ । सर्पले डस्दा मेचीनगर नगरपालिका-८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको हो ।

 

बुधबार राति घरमा सुतेकै ठाउँमा उनलाई सर्पले डसेको र उपचारका लागि अस्पताल पु¥याउन नसक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।