समाज

सिक्किममा ४.४ रेक्टर स्केलको भूकम्प, धक्का नेपालसम्म

By admin

August 09, 2024

झापा । सिक्किममा भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

 

बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट (नेपाली समयअनुसार ७ बजेर १२) जाँदा गएको भूकम्पको उद्‍गम बिन्दु (गहिराइ) १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

 

भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा समेत महसुस भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

 

त्यस्तै नेपालको पूर्वी भेगमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । त्यस्तै बंगलादेश र भुटानका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।