खेलकुद

अर्जुनधाराका तेक्वान्दो खेलाडी बैंकक प्रस्थान

By admin

August 09, 2024

झापा । थाइल्यान्डको बैंककमा हुने सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने झापा अर्जुनधाराका खेलाडीहरु आज प्रस्थान गरेका छन् ।

 

च्याम्पियनसिपमा अर्जुनधाराबाट सहभागी हुन चारजना खेलाडी र एकजना प्रशिक्षकसहितको पाँच सदस्यीय टोली थाइल्यान्ड प्रस्थान गरेका हुन् । उनीहरुले च्याम्पियनसिपमा नेपाली टोलीको प्रतिनिधित्व गर्नेछन् ।

 

तेक्वान्दो खेलाडीहरु विवेक गिरी, सम्यात थापा, शैलेश तामाङ र प्रिजन नेम्वाङ रहेका छन् । अफिसियलमा प्रशिक्षकमा दिपेन्द्र दनुवार छन् । थापा, तामाङ र नेम्वाङले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् भने विवेक गिरीले पुम्से प्रदर्शन गर्नेछन् ।

 

थापाले ५६ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गर्दा तामाङले ५१-५५ र नेम्वाङ्ले २९-३२ तौल समुहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक दनुवारले जानकारी दिए । प्रशिक्षक दनुवारका अनुसार खेलाडीहरु शनिश्चरे तेक्वान्दो डाेजाङका उत्पादन हुन् ।

 

 

यसअघि अर्जुनधारा नगर खेलकुद विकास समितिले एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकामा खेलाडीहरुलाई विदाई गरेको थियो । बैंककको सुवर्णभूमि क्याम्पसमा अगस्ट १० देखि १२ तारिखसम्म च्याम्पियनसिप हुनेछ ।