समाज

सर्पले डसेर बिर्तामोडमा एक बृद्धाको मृत्यु

By admin

August 11, 2024

झापा । विषालु सर्पले डसेर बिर्तामोडमा एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६८ वर्षीया बृद्धा रहेकी छन् ।

 

बिर्तामोड ७ स्थित गरामनी मिलडाँडा बस्ने स्व छविरमण पौडेलकी श्रीमती ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर मृत्यु भएको हो । बिहान ७ बजेतिर भण्डार कोठामा आलु निकाल्न जाँदा उनको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो ।

 

त्यसपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएकोमा त्यहाँ उपचार हुन नसकी बिहान ९ः२५ बजे उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।