समाज

भद्रपुरका ९ वर्षीय बालकको खोलामा डुबेर मृत्यु

By admin

August 12, 2024

झापा । झापाको भद्रपुरमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । हिजो साँझ ५ बजे भद्रपुर नगरपालिका १ स्थित देवी खोलामा डुबेर स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइलीको मृत्यु भएको हो ।

 

खोलामा खेल्ने क्रममा ती बालक डुबेको स्थानीयले देखेर उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा अस्पताल पु¥याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

 

कानुनी प्रकृयापश्चात् शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।