समाज

बेलबारीमा पोथी हात्ती मृत फेला

By admin

August 13, 2024

बेलबारी । मोरङमा एउटा हात्ती मृत भेटिएको छ । बेलबारी नगरपालिका वडा नम्बर ३ स्थित करमडाँडामा करिब ७-८ वर्षको पोथी हात्ती मृत भेटिएको प्रहरीले जनाएको छ ।

 

हात्ती विद्युतीय झट्काबाट मारिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । झापा, मोरङ र सुनसरीमा यो वर्ष आधा दर्जन हात्ती मारिएका छन् ।

 

अधिकांश हात्तीको मृत्युको कारण करेन्ट रहेको छ । केही हात्ती मार्न बन्दुकसमेत प्रयोग भएको पाइएको छ । हात्तीमाथि भइरहेको श्रृङखलाबद्ध आक्रमणप्रति संरक्षणकर्मीहरु चिन्तित बनेका छन् ।