दुहागढी । झापाको मेचीनगर १४ स्थित दुहागढीमा रहेको श्रीकृष्ण प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । स्थानीय आपसी समाज बचत तथा ऋण सहकारीले विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।
सहकारीका अध्यक्ष सरद शिवाकोटी, उपाध्यक्ष शान्ता राउतलगायतले विद्यालयका प्रधानध्यापक सिताराम थापा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गानालाई पोशाक हस्तान्तरण गरेका हुन् ।
सामाजिक उत्तरदायित्व वहन गर्दै विपन्न सामुदायका बालबालिका अध्ययनरत विद्यालयलाई सहयोग गर्न पाउँदा खुसी लागेको सहकारीका अध्यक्ष थापाको भनाइ छ । २०२४ सालमा स्थापित विद्यालयमा ९६ जना विद्यार्थी अध्ययनरत छन् ।
६० जना विद्यार्थीलाई सहकारीले हाउस ड्रेस वितरण गरेको हो । विद्यार्थीका लागि अतिरिक्त क्रियाकलापमा सहयोग पुग्ने पोशाक वितरण गरिएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुङ्गानाले संस्थालाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा सहकारी संस्थाका सचिव यमुना रिजाल, कोषाध्यक्ष , भुपेन्द्र पौडेल, सदस्य फुलमाया पोखरेल, कमला मिश्र, नरमाया कडरिया, कर्मचारी सृजना घिमिरे सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
संक्षिप्त कार्यक्रममा सहकारीका अध्यक्ष शिवाकोटी, मेचीनगर १४ की वडा सदस्य फुलकुमारी राजवंशी, पुर्व वडाध्यक्ष शंकरप्रसाद पोखरेल लगायतले मन्तब्य राखेका थिए ।