समाज

केराबारीमा सर्पको डसाईबाट ६ वर्षीया बालिकाको मृत्यु

By admin

August 15, 2024

झापा । मोरङको केराबारी गाउँपालिका ९ स्थित स्कुलचौकमा एक ६ वर्षीया बालिकाको सर्पको डसाईबाट मृत्यु भएको छ।

 

स्थानीय मनोज पण्डितकी छोरी प्रतिमा पण्डितलाई बुधबार साँझ सर्पले डसेको थियो। विद्यालयबाट पढाइ सकेर साँझ घर फर्केपछि शौचालयमा गएको बेला उनलाई विषालु गोमन सर्पले डसेको बताइएको छ।

 

बालिकालाई उपचारका लागि तत्काल इटहरीस्थित अस्पतालमा पुर्याइएको थियो। थप उपचारका लागि उनलाई विराटनगरको अस्पतालमा रिफर गरिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।