समाज

मेची पुलमा ब्राउन सुगरसहित द्रोण र सुरेन्द्र पक्राउ

By admin

August 17, 2024

झापा । भारतबाट लागूऔषध भित्र्याउँदै गर्दा मेची पुलमा दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार मेचीनगर ६ स्थित पुरानो मेची पुलमा मेचीनगर र बुद्धशान्तिका युवा पक्राउ परेका हुन् ।

 

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले सिटीसफारीमा आउँदै गरेका बुद्धशान्ति ४ बुधबारे बस्ने ३१ वर्षीय द्रोणबहादुर बेघालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

 

शंका लागेर चेकजाँच गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई छिपाई राखेको कालो रङको प्लाष्टिकको पोकामा १ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

त्यस्तै आज बिहान १०ः३० बजे मेची पुलमै सिटीसफारीमा आउँदैं गरेका मेचीनगर १० शान्तिटोल बस्ने ३० वर्षीय सुरेन्द्र गुरुङ २ ग्राम ५७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।