समाज

झापाको शिवसताक्षीमा श्रीमानले गरे श्रीमतीको हत्या

By admin

August 20, 2024

झापा । झापाको शिवसताक्षीमा घरेलु हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्। आज साँझ पौने ७ बजे यो घटना भएको हो ।

 

प्रहरीका अनुसार श्रीमती २९ वर्षीया रन्जना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। श्रीमान ४४ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरी प्रयोग गरेर रन्जनाको हत्या गरेको छिमेकीले बताएका छन् ।

 

शिवसताक्षी ८ स्थित निपत्रियाको यो घटना श्रीमान श्रीमतीको आन्तरिक कलहका कारण भएको हुनसक्ने छिमेकीले अनुमान गरेका छन्। घटनास्थलमा यतिबेला प्रहरी पुगेको छ। प्रहरीले ओमप्रकाश अधिकारीलाई नियन्त्रणमा लिएको घटनाका प्रत्यक्षदर्शीले बताए ।

 

प्रहरी टोली घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि टोली खटिएको जनाइएको छ । थप विवरण आउन बाँकी छ ।