समाज

सिन्धुपाल्चोकमा भूकम्प, कोठमाडौँसम्म धक्का महसुस

By admin

September 03, 2024

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रविन्दु भएर गएको हो । सिन्धुपाल्चोकमा गएको भूकम्पको धक्का काठमाडौँ उपत्यका वरपरसमेत महसुस गरिएको थियो ।