खेलकुद

महिला लिगः चन्द्रपुर र कर्णाली तथा एपीएफ र पुलिसले अंक बाँडे

By admin

September 03, 2024

काठमाडौं । आज भएको एन्फा महिला लिगमा दुवै खेल बराबरीमा रोकिएर अंक बाँडिएको छ । पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश तथा दोस्रो खेलमा विभागीय टोली एपीएफ एफसी नेपाल पुलिस क्लबले बराबरी खेलेका हुन् ।

 

पहिलो खेलमा चन्द्रपुर र कर्णालीले १-१ को बराबरी खेल्दै लिग सुरुवात गरे । यस्तै, एपीएफ र पुलिसले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन् ।

 

कर्णालीका लागि सातौं मिनेटमा सुनकला राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्ज्युरी समयमा रजनी थोकरले गोल गर्दै खेललाई बराबरीमा पुर्याइन् ।

 

यसैगरी, पुलिस र एपीएफले गोलरहित बराबरी खेल्दै लिग सुरुवात गरे । विभागीय डर्बीमा साविक विजेतासमेत रहेको‌ एपीएफले धरै मौका सिर्जना गरे पनि सफलता मिलेन ।

 

भारी वर्षाका कारण खेल ४ बजेको सट्टा ४ः३० बजे सुरु भएको थियो । बुधबार लिगमा हुने एक मात्र खेलमा संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।