अर्थ बजार

इलाममा भोलिदेखि नेपाल एयरलाइन्सले उडान भर्ने

By admin

September 04, 2024

इलाम । मौसम प्रतिकूलको कारण देखाउँदै तीन महिनायता ठप्प इलाम नगरपालिका ९ मा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल सञ्चालन हुने भएको छ ।

 

भोलि (बिहीबार)देखि इलाम-काठमाडौं उडान हुने भएको हो । विमानस्थलका स्टेसन इन्चार्ज दिनेश सुन्दासले अब प्रत्येक बिहीबार उडान हुने जानकारी दिए ।

 

नेपाल एयरलाइन्सको जहाजले गत जेठ १३ मा उडान भरेयता विमानस्थल बर्खाका कारण बन्द थियो । जेठ १७ मा काठमाडौंबाट आएको जहाज अवतरण गर्न नसकेर फर्केको थियो ।

 

नेपाल एयरलाइन्सले २०७९ माघ १ देखि काठमाडौं-इलाम-काठमाडौं उडान गरिरहेको छ । यसअघि नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार उडान गरेको भए पनि अब भने बिहीबार मात्रै हुने भएको छ ।