खेलकुद

एन्फा महिला लिगमा आर्मीको सुखद सुरुवात

By admin

September 04, 2024

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुखद सुरुवात गरेको छ । सातोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको लिगको पाँचौं खेलमा आर्मीले संकटा क्लबलाई ४-० ले पराजित गर्यो ।

 

आर्मीलाई जित दिलाउन विमला चौधरीले २, सावित्री देवी मगर र अनिता लम्जेल समान १-१ गोल गरे। १९औं मिनेटमा सावित्रीको गोलबाट आर्मीले अग्रता लिएको थियो ।

 

विमलाले ६१औं मिनेट र ७१औं गोल गरेपछि आर्मी बलियो अवस्थामा पुग्यो। उनको दोस्रो गोल कर्नरबाट सोझै गोलमा परिणत भएको हो। ७६औं मिनेटमा अनिता गोल गर्दै आर्मीको गोलअन्तरलाई बढाइन् ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ । लिगको पहिलो चरणको खेल सकिएको छ ।

 

बिहीबारबाट लिगको दोस्रो चरणको खेल सुरु हुँदैछ । बिहीबार हुने पहिलो खेलमा बागमती र कोशी तथा दोस्रो वालिङ र कर्णालीबीच दोस्रो खेल हुनेछ ।