खेलकुद

एन्फा महिला लिगमा कोशीको दोस्रो जित

By admin

September 05, 2024

काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा कोशीले बागमती युथ क्लबलाई २-१ ले पराजित गर्यो ।

 

बिहीबारको भएको दोस्रो चरणको पहिलो खेलमा कोशीको जितमा समिक्षा मगरले १ गोल गर्दा १ गोल उपहार स्वरुप पाएको थियो । बागमतीका लागि बिष्णुमाया बलले सान्त्वना गोल फर्काइन् ।

 

बागमतीका लागि २६औं मिनेटमा बिष्णुमायाले गोल गर्दै अग्रता दिलाएकी थिईन् । त्यसको ३ मिनेट पछि नै कोशीकी समिक्षाले गोल गर्दै खेल बराबरीमा पुर्याईन् ।

 

बागमतीकी दिव्या स्माइली मगरले ५४औं मिनेटमा आत्मघाती गोल गर्दा कोशीलाई अग्रता मिलेको हो । त्यसपछि कुनै गोल कुन नसक्दा खेलमा कोशी विजयी भयो ।

 

जितसँगै २ खेलमा ६ अंकका साथ कोशी शीर्ष स्थानमा उक्लिएको छ । एन्फाको आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ।