शिक्षा

बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएसका लागि ५० सिट

By admin

September 07, 2024

झापा । चिकित्सा शिक्षा आयोगले झापाको बिएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ।

 

आयोगले बिएण्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। झापाका व्यवसायी दुर्गा प्रसाईले सञ्चालनमा ल्याएको बिएण्डसीले लामो समयपछि एमबीबीएसमा सिट पाएको हो।

 

कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो। कलेजले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।