खेलकुद

एन्फा महिला लिगमा एपिएफसको पहिलो जित

By admin

September 07, 2024

काठमाडौं । साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो ।

 

एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ दबाब बनाए पनि गोलको खाता भने एपिएफले खोलेको‌ थियो।

 

पहिलो हाफको इन्ज्युरी समयमा सविताले गोल गर्दै एपिएफलाई अघि बढाइन्‌ । विमलाले ५६औं मिनेटमा बराबरी गोल फर्काइन् । ६७औं मिनेटमा गीताले पेनाल्टीमार्फत गरेको गोल खेलको निर्णायक बन्यो ।

 

दोस्रो खेलमा पहिलो जितपछि एपिएफ ४ अंकसहित दोश्रो स्थानमा छ। पहिलो खेलमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

 

आर्मीले दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । पहिलो खेलमा आर्मीले संकटा क्लबलाई पराजित गरेको थियो । ६ अंका साथ कोशी‌ प्रदेश अंक तालिकाको शीर्ष स्थानमा छ।

 

यो खेलसॅंगै प्रतियोगिताको दोस्रो राउन्डको समाप्ती भएको छ । दोस्रो राउन्डका खेलमा एपिएफ, पुलिस , वालिङ नगरपालिका र कोशी विजयी भए ।

 

पुलिसले सुदुरपश्चिमलाई, वालिङले कर्णाली प्रदेशलाई तथा कोशीले बागमती युथ क्लबलाई पराजित गरेको थियो । संकटा क्लब र चन्द्रपुर नगरपालिका बराबरी खेलेका‌ थिए।