समाज

धरमपुरका थरेन्द्र गुरुङ ब्राउन सुगरसहित पक्राउ

By admin

September 09, 2024

झापा । भारतबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर भित्र्याउँदै गर्दा झापा शिवसताक्षीका एक युवा पक्राउ परेका छन् ।

 

हिजो साँझ ६ः३० बजे झापा गाउँपालिका वडा नम्बर ४ मा प्र.१-०१-०१७ प १७९८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका शिवसताक्षीको धरमपुर बस्ने २१ वर्षीय पाण्डे भनिने थरेन्द्र गुरुङलाई प्रहरीले चेकजाँच गरेको थियो ।

 

त्यसक्रममा लुकाईछिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ३ ग्राम ६३ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।