समाज

अर्जुनधारामा इलामकी मनिषाको हत्या, सिरहाका अनिल पक्राउ

By admin

September 13, 2024

झापा । झापाको अर्जुनधारा ६ स्थित महानन्द चोकमा एकजना युवतीको हत्या भएको छ । युवतीमाथि धारिलो चक्कुले पटक पटक प्रहार गरेर हत्या गरिएको बताइएको छ ।

 

घटनास्थल अर्जुनधारा र बिर्तामोडको सिमावर्ती क्षेत्र हो । हत्या गरिएकी युवती इलाम फिक्कलकी २० वर्षकी मनिषा लोहार रहेको खुलेको छ । शरीरको तीन ठाउँमा छुरा प्रहार गरेर आज साँझ एक युवकले मनिषाको हत्या गरेका थिए ।

 

मनिषाको घाँटी, छाती र कोखामा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । पटक-पटक छुरा प्रहार गरेपछि स्थानीयले कैलालीका २० वर्षीय अनिल विकलाई पक्राउ गरेका थिए ।

 

तत्कालै युवतीको उपचारका लागि बिएण्डसी पुर्याइएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीे जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।