अर्थ बजार

पत्रकार अमित खम्बूलाई वर्ष उत्कृष्ट पतालगंगा सहकारी पुरस्कार

By admin

September 15, 2024

बिर्तामोड । झापाली पत्रकार अमित खम्बू सम्मानित भएका छन् । बिर्तामोड ५ मा मुख्य कार्यालय रहेको पताल गंगा बचत तथा ऋण सहकारी संस्थाले वर्ष उत्कृष्ट सञ्चारकर्मीका रुपमा खम्बूलाई नगदसहित सम्मान गरेको हो ।

 

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले पूर्वाञ्चल दैनिकमा आवद्ध पत्रकार खम्बूलाई सम्मानपत्र प्रदान गरेका थिए ।

 

सहकारीको क्षेत्रमा विगत लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार खम्बूलाई सहकारीको श्रीवृद्धिमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बताइएको छ ।

 

खम्बूसँगै शेयर सदस्य, ऋणी, ज्येष्ठ सदस्य, कर्मचारीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा ज्येष्ठ शेयर सदस्यहरु नरमाया लिम्बू र गंगामाया गिरी, उत्कृष्ट उद्यमी फुलकुमारी तामाङ, उत्कृष्ट बचतकर्ताहरु मानषी लिम्बू, कृतिका पुरी र पुनम चौधरी तथा उत्कृष्ट कर्मचारी बजार प्रतिनिधि कल्पना घिमिरे रहेका छन् ।