खेलकुद

कोशी प्रदेश ब्याडमिन्टनमा भोज र प्रनिसको जोडी च्याम्पियन

By admin

September 15, 2024

भद्रपुर । कोशी प्रदेशस्तरीय सलोनी टि कप पुरुष खुला डबल्सतर्फ पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी च्याम्पियन बनेको छ ।

 

भोज र प्रनिसको जोडीले आइतबार संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई २३-२१ र २१-१८ को सेटले हराउँदै उपाधि रक्षा गरेको हो । उपाधि विजेता जोडीले ५० हजार र दोस्रो हुने जोडीले ३० हजार रुपैयाँ प्राप्त गर्यो।

 

तेस्रो भएका मोरङका सुप्रिम पन्त र लाक्पा शेर्पाको जोडी तथा तेह्रथुमका विवेक कन्दङवा र पाँचथरका नेल्सन राईको जोडीले समान १० हजार रुपैयाँ पायो।

 

पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले जितेको छ ।

 

फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडा जोडीलाई १४-२१, २१-१७,२१-१४ ले हराउँदै जीवन र श्रवणको जोडीले उपाधि जितेको हो। विजेता जोडीले उपाधिसँगै ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्यो ।

 

त्यस्तै, तेस्रो भएका धनकुटाका किरण प्रधान र शिखर श्रेष्ठको जोडी तथा बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र विष्णु तामाङले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

 

भद्रपुरको मेची रंगशालाको कभर्ड संघमा भएको प्रतियोगिताको विजेतालाई भद्रपुर नगरप्रमुख गणेश पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक राजेश उप्रेती, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकाल लगायतले पुरस्कृत गरे।