समाज

पाँच वर्षीया बालिकालाई मुख मैथुन गराउने बिर्तामोडका साह पक्राउ

By admin

September 16, 2024

बिर्तामोड । पाँच वर्षीया एक बालिकालाई मुख मैथुन गराउने बिर्तामोड ३ सैनिकमोडका एक व्यक्ति पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा ५२ वर्षीय प्रदीप साह रहेका छन् । उनले भदौ २७ गते बेलुका पाँच वर्षीया छिमेकी बालिकालाई ललाईफकाई मुख मैथुन गराएका थिए ।

 

त्यस घटनाबारे बालिकाले आफ्ना अभिभावकलाई सुनाएपछि उनीहरुले हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए ।

 

प्रहरीले हिजो नै साहलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।