झापा । झापाको बिर्तामोड ६ स्थित बुट्टाबारीमा अत्याधुनिक प्रविधिबाट टायरको हट रिसोलिङ सेवा सुरु भएको छ । शिवशक्ति टायर रिसोलिङ उद्योगले आजदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
शिवशक्तिले भारतको केरेलाबाट मिडास कम्पनीको रबर नेपालमै पहिलोपटक भित्र्याएर हट रिसोलिङ सेवा सुचारु गरेको सञ्चालक गौरी भण्डारीले जानकारी दिए ।
उद्योगले भित्र्याएको हट टायर रिसोलिङ गर्ने अत्याधुनिक मेशिनको उद्घाटन एक कार्यक्रमका बीच बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले संयुक्तरुपमा गरेका छन् ।
उनीहरुले टायरको हट रिसोलिङ सेवाले गाडी व्यवसायीलाई फाइदा पुग्ने बताए । रिसोलिङ गरेको टायर नयां जत्तिकै बलियो तथा टिकाउ हुने हुँदा व्यवसायीलाई आर्थिक भारसमेत कम पर्न जाने उनीहरुको भनाइ थियो ।
शिवशक्तिले १६ वर्ष अघिदेखि नै कोल्ड रबर रिसोलिङ सेवा दिँदै आएको थियो । नयां टायर खरिदभन्दा मिडास कम्पनीको रबर मेशिनद्वारा रिसोलिङ गर्दा धेरै नै सस्तो पर्ने सञ्चालक भण्डारीको दाबी छ । उनले ५० प्रतिशत खर्च कम आउने बताए । टायरहरु ग्यारेन्टीका साथ रिसोलिङ गरिने बताइएको छ ।
शिवशक्तिले ट्याक्टर, जेसिबी, ग्रेडर, लोडरका विभिन्न साइजका टायरको हट रिसोलिङ सेवा सुरु गरेको जनाएको छ । यस्तै, कम्पनीले कोल्ड रबरबाट ट्याक्सी, बस, ट्रक, टिपर, टयाङ्कर, छोटा हात्तीलगायतका सवारीको टायर रिसोलिङ गर्दै आएको छ ।