अर्थ बजार

सिम्रिक साकोसको अध्यक्षमा पुनः सुबास भट्टराई

By admin

September 18, 2024

बिर्तामोड । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः सुबास भट्टराई निर्विरोध चयन भएका छन् ।

 

आज बिर्तामोडमा भएको १४ औं साधारणसभाबाट भट्टराई नेतृत्वको पुरानै सञ्चालक समिति चयन भएको हो । चारवर्षे कार्यावधिका लागि समितिको उपाध्यक्षमा किरण कपुरी, सचिवमा इन्द्रबहादुर कार्की र कोषाध्यक्षमा मेयरमान बिष्ट निर्विरोध भए भने सदस्यमा लीला अधिकारी मुखिया, शशीकला मुखिया सुनुवार, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविन योगी पनि निर्विरोध चयन भएका छन् ।

 

 

यसैगरी लेखा समितिको संयोजकमा रमेशकुमार अधिकारी सदस्यमा मीनप्रसाद गुरागाई र ओमराज राई पनि निविरोध चयन भए । निर्वाचित पदाधिकारी, सदस्य र लेखा समितिलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको थियो ।

 

सोही अवसरमा दुई जना पत्रकारसहित संस्थाका उत्कृष्ट सेवा केन्द्र र बचतकर्तालाई सम्मान गरेको छ ।साकोसले वर्ष उत्कृष्ट पत्रकारसहित चार जना शेयर सदस्य र दुई वटा सदस्य सेवाकेन्द्रलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

 

संस्थाले पत्रकार विष्णु पौडेल र प्रदीप परियारलाई जनही नगद १० हजारसहित सम्मान गरेको हो । त्यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने कमल पाण्डे, अजय साह, वीरबहादुर राई र फुलमाया तामाङ, पर्शुराम बस्नेतलाई सम्मान गरेको छ भने उत्कृष्ट सेवा केन्द्रका रुपमा धुलाबारी र मधुमल्लालाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको छ । त्यस्तै सदस्य बब्ली खातुनलाई एउटा सिलाई मेशिनसमेत साकोसले हस्तान्तरण गरेको थियो ।

 

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं, संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेतलगायतले सम्मानित एवम् पुरस्कृतहरुलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

 

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका कर्जा विभाग प्रमुख विजय बस्नेतले गरेका थिए । कार्यक्रममा सात वटा इकाइगत साधारणसभाबाट उपस्थित भएका प्रतिनिधिले माइन्युट प्रमाणिकरण गरेका थिए ।