समाज

ताप्लेजुङ झापा सरोकार समाजको अर्जुनधारामा रक्तदान

By admin

September 19, 2024

शनिश्चरे । संविधान दिवसको अवसर पारेर ताप्लेजुङ झापा सरोकार समाज अर्जुनधारा नगर समितिले नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

 

शनिश्चरे बजारको देवकोटा चोकमा आयोजित रक्तदानमा ५ महिलासहित ३८ जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा अशक्त रहेका सदस्य, ज्येष्ठ नागरिक र दुई जना विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

 

समाजका अध्यक्ष राजकुमार गौतमको अध्यक्षता तथा सविधानसभा सदस्य प्रेमबहादुर गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एसइइ परीक्षामा ३.७७ जीपीए ल्याउने सिंहदेवी माविकी सुस्मिता खतिवडा र ३.७५ जीपीए ल्याउन जनता मावि खुदुनाबारीका शिवहरि निरौलालाई पुरस्कृत गरिएको थियो ।

 

यसैगरी, अर्जुनधारा ८ की अशक्त पुन कटुवाललाई १० हजार र अर्जुनधारा ११ का एकराज कङलिवालाई ५ हजार आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रममा ज्येष्ठ सदस्य चन्द्रबहादुर बस्नेत र मोहन धिताललाई सम्मान गरिएको थियो ।