खेलकुद

बिर्तामोडका शिव कार्कीलाई मिनी म्याराथनको उपाधि

By admin

September 20, 2024

बिर्तामोड । लायन्स क्लव अफ कनकाई दुर्गापुरले बिहीबार आयोजना गरेको मिनी म्याराथनको उपाधि बिर्तामोडका १५ वर्षीय धावक शिव कार्कीले जितेका छन् ।

 

सात किलोमिटर दूरी कार्कीले १९ मिनेटमा पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन् । कार्कीले ५ हजार एक सय रुपैयाँ पुरस्कार पाए । यस्तै सुखदेव टुडु दोस्रो, सुरज थापा तेस्रो र सुवास दनुवार सान्त्वना भए । उनीहरूले ४ हजार १ सय, ३ हजार १ सय र २ हजार १ सय पुरस्कार पाए ।

 

महिलातर्फ सर्मिला दर्नालले सहभागी महिलामध्ये पहिलो हुँदै सान्त्वना पुरस्कार पाइन् । म्याराथन दौडमा ५२ जनाले सहभागिता जनाएको लायन्स क्लब अफ कनकाई दुर्गापुरका भुवन खतिवडाले जानकारी दिए ।