बिर्तामोड । टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ ।
नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच फाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेशिन हस्तान्तरण गरे ।
डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेष्ट प्रविधि हो । फाउण्डेसनका अनुसार उक्त मेशिन ६ हजार अमेरिकी डलरमा खरिद गरिएको अस्पताल प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिए ।
कार्यक्रममा दाता टेरी मिकेस्कालाई प्रशंसका पत्र प्रदान गरिएको छ ।नगरप्रमुख प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सम्मानस्वरुप उनलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा आयन अधिकारी, टेरी मिकेस्का फाउण्डेसनका प्रमुख टेरी मिकेस्का, अस्पताल व्यवस्थापन समिति सदस्य अर्जुन पाठकले घारणा राखेका थिए ।
बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, कार्यपालिका सदस्य यमुना आचार्य, टेरी मिकेस्का फाउण्डेसन र नगरअस्पतालको समन्वय गराउने बिर्तामोड ३ का दुर्गा काफ्ले, राजन काफ्लेलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।