समाज

दूधेमा पिकअपको ठक्करबाट महिलाको मृत्यु

By admin

September 27, 2024

झापा । झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

 

बुधबार बिहान ७ः१५ बजे शिवसताक्षी ११ दुधेस्थित पूर्वपश्चिम राजमार्गमा झिलझिलेबाट माइधारतर्फ जाँदै गरेको प्र. १-०१-०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने क्रममा प्र १-०१-००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो ।

 

दुर्घटनामा स्कुटर चालक शिवसताक्षी ९ बस्ने ४० वर्षीया जानुका अधिकारी गंभीर घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थाकी अधिकारीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा बिहीबार साँझ ७ः१५ बजे मृत्यु भएको हो ।

 

ठक्कर दिने पिकअप र पिकअप चालक इलाम नगरपालिका १ बस्ने ३१ वर्षीय सुरेश बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।