समाज

मेची र कनकाईमा दुई वटा शव फेला

By admin

October 01, 2024

झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ । दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

मेची नदीमा डुबेको अवस्थामा सोमबार दिउँसो १ बजे एक पुरुषको शव फेला परेको थियो । भद्रपुर ३ झोलुङ्गे पुलस्थित मेची नदीको बीच भागमा कालो पाइन्ट लगाएको, शरीरको माथिको भागमा कपडा नभएको, बायाँ साइडको भाग पुरिएको, दाहिने साइडको आधा भाग देखिएको, अनुहार पानीमा घोप्टो परेको अवस्थामा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार सोमबार नै शिवसताक्षी नगरपालिका ७ स्थित कनकाई नदीमा अन्दाजी साढे ३ बजे पानीको बीच भागमा बेवारिसे शव फेला परेको थियो ।

 

तत्काल नाम, थर, वतन नखुलेको पुरुषको शव घोप्टो परी शरीर सुन्निएर गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी दुवै शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।