झापा । सशस्त्र प्रहरीले लागूऔषध ब्राउनसुगरसहित सीमावर्ती झापा गाउँपालिकाबाट स्थानीय एक युवालाई पक्राउ गरेको छ ।
शुक्रबार राति ९ः२० बजे झापा गाउँपालिका वडा नम्बर १ लसुनगञ्ज सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका कौशलकुमार यादवलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
प्र. १-०१-०१६ प ५४७२ नम्बरको मोटरसाइकलमा सवार स्थानीय ३१ वर्षीय यादवलाई शंका लागेर सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो । त्यस क्रममा मोटरसाइकलको डिकीभित्र लुकाए ल्याएको प्लाष्टिकबाहेक १३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई मोटरसाइकलसहित आवश्यक कार्बाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको बताइएको छ ।