समाज

चुलाचुलीमा जंगली हात्तीको आक्रमणबाट बृद्धको मृत्यु

By admin

October 15, 2024

दमक । सोमबार राति इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक बृद्धको मृत्यु भएको छ । धान खेतमा आएको हात्ती खेदाउने क्रममा ७३ वर्षीय बृद्धको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार सोमबार राति ९ः३० बजेतिर चुलाचुली १ स्थित घरनजिकै रहेको धान खेतमा हात्ती आएको थियो । हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

 

जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएका राईलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।