समाज

दमकमा घरको छतबाट हामफालेर आत्महत्या

By admin

October 20, 2024

झापा । झापाको दमकमा घरको छतबाट हामफाल्दा एक जना युवाको ज्यान गएको छ । दमक १ का २७ वर्षिय अर्बिन लिम्बूको मृत्यु भएको हो ।

 

दमक १ स्थित स्थित रबि स्टेण्डका लिम्बूले घरको छतबाट हाम फालेर आत्महत्या गरेका हुन् । मृतक लिम्बू मानसिक रोगबाट ग्रसित रहेको प्रहरीले जनाएको छ ।

 

उनको शवलाई पोष्टमार्टमको लागि दमकअस्पताल लगिएको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।