खेलकुद

झापा ११ बेलबारी गोल्डकपको सेमिफाइनलमा

By admin

October 20, 2024

बेलबारी । झापा ११ एफसी बेलबारीमा जारी सातौ अन्तर्राष्ट्रिय आमन्त्रण आरजु राईस गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

आज भएकाे पहिला क्वाटरफाइनल खेलमा भोजपुर जिल्ला फुटबल संघ भोजपुरलाई ३-० गोलले हराउँदै झापा ११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । झापा ११ का लागि निरज कार्कीले खेलको २ मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए ।

 

यसैगरी, प्रदिप बुढाथोकीले खेलको ७५ र ८५औँ मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए । झापा ११ का पहिलो गोलकर्ता निरज कार्की प्लेयर अफ दी म्याच बने । उनले नगद ५ हजार पाए ।

 

भोलि दोस्रो क्वाटरफाइनल खेल चित्लांग फुटबल क्लब काठमाण्डौँ र रारा फुटबल क्लब राजारानी धनकुटाबीच हुनेछ ।