समाज

इलाममा गोलिया बोकेको ट्रक भीरबाट खस्यो, दुई जना घाइते

By admin

October 26, 2024

झापा । काठको गोलिया बोकेको ट्रक इलाममा दुर्घटना भएको छ । ट्रक अचानक अनियन्त्रित भई भिरबाट अन्दाजी ८ सय मिटर तल जोगमाई खोलामा खसेको हो ।

 

आज बिहान अन्दाजी २ बजे इलाम सूर्योदय १० को जोगमाई खोलास्थित फिक्कल–नाम्सालिङ कच्ची भित्री सडकखण्डमा मे. १ ख १९६६ नम्बर को काठको गोलिया लोड भएको ट्रक पल्टिएको हो । ट्रक नाम्सालिङबाट फिक्कलतर्फ आउँदै गरेको थियो ।

 

ट्रक भिरबाट खसेर दुर्घटना हुँदा ट्रक चालक इलाम सूर्योदय ९ रम्पोक बस्ने अन्दाजी ३० वर्षीय अमर पौडेल र सहचालक माईजोगमाई ३ बस्ने अन्दाजी १९ वर्षीय सुबास थामी गम्भीर घाइते भएका छन् ।

 

दुवै घाइतेहरुलाई उद्दार गरी उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । दुवै जनाको अवस्था अचेत रहेको र ट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।