अर्थ बजार

बुद्धशान्ति २ का वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

By admin

October 28, 2024

झापा । झापाको बुद्धशान्ति गाउँपालिका २ का वडा अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग ८० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीविरुद्ध ८० हजार रुपियाँ बिगो कायम गरी सजाय हुने मागदावी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको प्रवक्ता घिमिरेले बताए ।