समाज

बिर्तामोडबाट मोटरसाइकल चोरी गर्ने इलामका मनिष गिरी पक्राउ

By admin

November 14, 2024

झापा । दुई दिनअघि झापाको बिर्तामोड १ स्थित बाल्मीकि स्कुलबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलाममा पक्राउ परेका छन् ।

 

मंगलबार बिहान अन्दाजी १०ः३० बजे बाल्मीकि स्कुल अगाडिबाट मे ६ प २८६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको थियो । बाल्मीकिमा स्नातक पढ्दै गरेका बिर्तामोड ५ का सविन शेर्माले स्कुल अगाडि राखेको सो मोटरसाइकल हराएको थियो ।

 

हराउनेबित्तिकै त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए । मोटरसाइकल खोजी गर्नेक्रममा हिजो साँझ ५ः३० बजे महमाई प्रहरी चौकीले सो मोटरसाइकल फेला पारेको हो ।

 

चोरीको मोटरसाइकलसहित इलाम माई नगरपालिका ६ बस्ने २४ वर्षीय मनिष गिरीलाई प्रहरीले पक्राउ गरेको हो । गिरीलाई मोटरसाइकलसहित राति नै इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।