शनिश्चरे । झापाको कनकाईमा गाई काटेर खाएको दुई दिन नबित्दै अर्जुनधारामा पनि गौहत्या भएको छ । गौहत्या आरोपमा एकजना पक्राउ परेका छन् ।
अर्जुनधारा ५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गौहत्या गरिरहेको अवस्थामा गएराति ९ः४५ बजे एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ५० वर्षीय राम तामाङ रहेका छन् । अर्का आरोपित सन्त तामाङ फरार रहेकाे प्रहरीले जनाएकाे छ ।
तामाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । यसअघि मङ्गलबार कनकाई ३ स्थित टप्पुमा लैनो गाई काटिएको थियो । त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।