अर्जुनधारा । खेल क्षेत्रबाट समृद्ध नगर निर्माणका लागि झापाको अर्जुनधारा नगरपालिकाले विभिन्न विधाका चार जना खेल प्रशिक्षकलाई नियुक्त गरेको छ । उनीहरुलाई करारमा नियुक्ति गरिएको हो ।
नगर खेलकुद विकास समितिको कार्यविधिअनुरुप फुटबल, कराते, तेक्वान्दो र एथलेटिक्सका प्रशिक्षकलाई करारमा नियुक्ति गरिएको हो । जसमा फुटबलतफै पुष्प मादेन (नानी), कराते प्रशिक्षकमा जीवन राई, तेक्वान्दो प्रशिक्षकमा विवेक गिरी र एथलेटिक्स प्रशिक्षकमा हेमनायण चौधरीलाई नियुक्ति गरिएको समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।
नवनियुक्त प्रशिक्षहरुलाई नगरकी उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत, तिलोचन रिमाल, समितिका अध्यक्ष धिमाललगायतले नियुक्तिपत्र प्रदान गरेका थिए ।
अर्जुनधारा नगर खेलकुद विकास समितिले अर्जुनधाराको खेल क्षेत्रलाई थप विस्तार र विकास गर्दै दक्ष खेलाडी उत्पादनका निमित्त खेल प्रशिक्षकहरु नियुक्ति गरिएको जनाएको छ ।