खेलकुद

एनपीएलमा आज दुई खेल हुँदै

By admin

December 02, 2024

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान सवा ९ बजे काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दैछन् ।

 

यस्तै दोस्रो खेलमा दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अस्तिदेखि शुरू भएको पहिलो संस्करणको एनपीएलमा आठ वटा टोली सहभागी छन् ।

 

उद्घाटन खेलमा अस्ति विराटनगर किङ्ग्सलाई हराउँदै जनकपुर बोल्ट्सले विजयी शुरुआत गरेको छ । जनकपुरले शनिबार विराटनगर किङ्ग्सलाई ८ विकेटले पराजित गरको थियो ।